जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • आतंककारी समूहको लगानीमाथि निगरानी र रोकथामका विषयमा गृह मन्त्रालयको चासो

आतंककारी समूहको लगानीमाथि निगरानी र रोकथामका विषयमा गृह मन्त्रालयको चासो

काठमाडौं। गृह मन्त्रालयले सुरक्षाका निकायका प्रमुखहरूको सहभागितामा आतंकवाद समूहको लगानी र त्यसको रोकथामबारे छलफल गरेको छ। मुलुकमा जताबाट भेटे पनि पैसा भित्र्याउने प्रवृत्ति बढ्दा सतर्कताका लागि छलफल गरिएको हो।

आतंकवादी समूहले नेपाल गर्न सक्ने लगानी, त्यसलाई निस्तेज पार्न सुरक्षा निकायले अपनाउने रणनीतिको विषयमा छलफल भएको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले बताए।

‘देशमा त्यस्तो नहोला भन्न सकिँदैन। आतंकवादी समूहको लगानी र अवस्था बारेमा छलफल भएको थियो,’ उनले भने।

गृहसचिव दिनेश भट्टराईको अध्यक्षतामा बैठक भएको थियो। जसमा नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डीआइजी किरण बज्राचार्य, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतको उपस्थिति थियो।

त्यस्तै शुक्रवार बिहान मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर मुलुकको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।

985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका