जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रे बैंकमा अनलाईन डिम्याट खाता खोल्न सकिने

माछापुच्छ्रे बैंकमा अनलाईन डिम्याट खाता खोल्न सकिने

 माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ । विगत लामो समयदेखि डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई  आवेदन दिन मिल्ने गरी अनलाईनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।    

ग्राहकले अनलाइर्न मार्फत डिम्याट खाता खोल्न बैंकको वेवसाईटमा रहेको एप्लाइ नाउ सेक्सनमा मा गई वा सिधै https://www.machbank.com/demat लिंक प्रयोग गरेर सहजै अनलाईनबाट डिम्याट खाता खोल्न सक्नेछन् ।   

साथै बैंकमा खाता हुने ग्राहकहरुले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने बैंक बाहेक अन्य बैंकमा बैंक खाता रहेकाहरुले अनलाईन मार्फत डिम्याट खाता खोल्ने प्रकृया पूरा गरीसकेपछि एकपटक आफुलाई पायक पर्ने माछापुच्छ्रे बैंकको शाखा कार्यालयमा गई परिचय खुल्ने कागजात सहित स्वयं उपस्थित भएपश्चात डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् । 

कोरोना माहमारीको जोखिम कायमै रहिरहेको समयमा, कोरोना संक्रमणबाट बच्न र यसलाई समुदायमा फैलिन नदिन साथै देशका जुनसुकै स्थानबाट समेत सजिल्यै डिम्याट खाता खोली सेयर कारोबार गर्न सहज होस् भन्ने उद्धेश्यका साथ बैंकले उक्त सेवा संचालनमा ल्याएको हो ।   

7955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका