जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • १४ बुँदे घोषणापत्र जारी गर्दै ४६ औं इफाप्का सम्मेलन सकियो, ४७ औं सम्मेलन सिंगापुरमा

१४ बुँदे घोषणापत्र जारी गर्दै ४६ औं इफाप्का सम्मेलन सकियो, ४७ औं सम्मेलन सिंगापुरमा

१४ बुँदे घोषणापत्र जारी गर्दै ४६ औं इफाप्का सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। इफाप्का अध्यक्ष रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले शुक्रबार १४ बुँदे घोषणापत्र जारी गरे।

बढ्दो जनसंख्या, सहरीकरण, जलवायु परिवर्तन लगायत कारण दिगोे पूर्वाधारको उद्देश्यमा चुनौति थपिएकाले तत्काल आवश्यक कदम चाल्नुपर्ने उल्लेख गर्दै जलवायु अनुकूल पूर्वाधार निर्माण, कार्वन उत्सर्जनमा कटौती, परियोजनाको तयारीमा उपयुक्त अन्तर्राष्ट्रिय अभ्यास जस्ता बुँदा घोषणापत्रमा समेटिएका छन्।

प्राकृतिक विपत्तिसँग जुध्ने खालको संरचना निर्माण आजको आवश्यकता भएको भन्दै घोषणापत्रमा भौतिक पूर्वाधार निर्माणमा समग्र परियोजना चक्रलाई नै ध्यान दिनुपर्ने उल्लेख छ ।

दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित सम्मेलन मंसिर ५ गते सुरु भएको थियो। सम्मेलनमा स्वदेश तथा विदेशका ४ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी थिए ।

उत्कृष्ट निर्माण कम्पनीलाई अवार्ड

सम्मेलनको समापन सत्रमा इफाप्का अध्यक्ष सिंह र महासचिव वीरेन्द्रराज पाण्डेले उत्कृष्ट निर्माण कम्पनीलाई इफाप्का अवार्ड प्रदान गरे। सिभिल इन्जिनियरिङ विधामा कालिका कन्स्ट्रक्नले गोल्ड र जय विष्णु निर्माण सेवाले सिल्भर अवार्ड पाएका छन्।

बिल्डिङ कन्स्ट्रक्नस विधामा समानान्तर निर्माण सेवाले गोल्ड र न्यु टेक्निकल इन्फ्रा प्रालिले सिल्भर अवार्ड हात पारे।

इफाप्का सम्मेलनमा दश पटकसम्म सहभागी भएका इफाप्का पूर्वअध्यक्ष गणेशलाल श्रेष्ठ र महासचिव वीरेन्द्रराज पाण्डेलाई पनि सम्मान गरिएको छ।

इफाप्का सम्मेलनमा अवार्ड वितरण तथा सम्मानपछि
इफाप्का सम्मेलनमा पाँच पटकसम्म सहभागी महासंघका पूर्वअध्यक्ष जीपछिरिङि लामा शेर्पा, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रोशन दाहाल, कार्यसमिति सदस्य उज्वल गौतम लगायत निर्माण व्यवसायीलाई पनि सम्मान गरिएको छ।

इफाप्का ४७ औं सम्मेलन २०२५ को अप्रिलमा सिंगापुरमा हुने भएको छ। सिंहले शुक्रवार आफ्नो जिम्मेवारी सिंगापुरका केनेथ लुलाई हस्तान्तरण गरेका छन्।

3405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका