जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकको नाफा साढे ३७ करोडमाथि

माछापुच्छ्रे बैंकको नाफा साढे ३७ करोडमाथि

माछापुच्छ्रे बैंकले ३७ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ। सञ्जाल बिस्तारमा खर्च बढाए पनि बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासको नाफा घटाएको छैन।

बैंक गत आर्थिक बर्ष मात्रै ४३ वटा शाखा थपेर १३१ वटा पुर्याएको थियो। चालु बर्षको पहिलो तीन महिनामा अरु १२ वटा थपेर १४३  पुर्याइसकेको छ।

पहिलो त्रैमासमा बैंकले साढे ८ अर्ब रुपैयाँले ऋण बढाएको छ। अहिले बैंकसँग कुल ऋण ८६ अर्ब पुगेको छ। बैंकले निक्षेप भने ऋण बिस्तारको अनुपातमा कम संकलन गरेको छ। बैंकले पहिलो तीन महिनामा ६ अर्ब सात करोड निक्षेप संकलन गरेको छ।

बैंकले ३ अर्बको ऋणपत्र जारी गरेकाले ऋण बिस्तारमा सहज भएको हो। बैंकले ऋणपत्र र निक्षेप गरेर पहिलो त्रैमासमा ९ अर्बको स्रोत जुटाएको हो ।

4595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका