जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बैंक डुब्दैनन्, अफवाहका पछि नलागि ढुक्कसँग कारोबार गर्नुस्

विचार

बैंक डुब्दैनन्, अफवाहका पछि नलागि ढुक्कसँग कारोबार गर्नुस्

गुरु पौडेल, कार्यकारी निर्देशक, राष्ट्र बैंक

बैंक डुब्दैनन्, अफवाहका पछि नलागि ढुक्कसँग कारोबार गर्नुस्

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाहरु भनेर बैंक तथा वित्तीय संस्थाहरुको बोर्डमै देखिने गरी उल्लेख गरिएको हुन्छ । यो भनेको राष्ट्रबैंकले त्यस संस्थालाई नियमन गरिरहेको छ वा सुक्ष्मरुपमा निगरानीमा राखेको छ भन्ने बुझ्न पर्छ । अहिले बैंक डुब्छ, निक्षेपकर्ताको बिचल्ली हुन्छ जस्ता अफवाहहरु फैलिरहेको छन् । त्यसलाई पनि राष्ट्र बैंकले निगरानी गरिरहेको हुन्छ ।

यदि कुनै संस्था कमजोर भयो वा समस्याग्रस्त भएर सर्वसाधारणको निक्षेप पनि फिर्ता गर्ने नसक्ने अवस्थामा पुग्दैछ वा समस्यामा पर्न सक्छ भन्ने राष्ट्र बैंकलाई लाग्नसाथ बैंकले सो संस्थाको वित्तीय अवस्था निरिक्षण गर्न थाल्छ । निरिक्षण गर्दा समस्याग्रस्त भएको वा हुनसक्ने देखेमा नेपाल राष्ट्र बैंक ऐन-२०५८ को दफा ८६ अनुसार सो संस्थालाई समस्याग्रस्त घोषणा गर्छ ।

यसरी समस्याग्रस्त घोषणा गर्दा राष्ट्र बैंक आफैंले व्यवस्थापन टेकओभर गरेर त्यसको सूचना सर्वसाधारणलाई दिन्छ । तसर्थ अहिलेको अवस्थामा राष्ट्र बैंक केही बोलेको छैन । यसको मतलब अहिले सुनिएको अफवाहजस्तो जटिल परिस्थिति राष्ट्र बैंकले देखेको छैन भन्नु हो । अहिलेसम्म कुनै पनि संस्थाको बारेमा बैंकले समस्याग्रस्त हो नभनेसम्म सर्वसाधारण आत्तिनुपर्ने अवस्था छैन । यस्तो अवस्था आएमा बैंकले स्वतः समस्याग्रस्त भएको सूचना निकालेर नै सर्वसाधारणलाई सुसुचित गर्छ । अहिलेसम्म यस्तो सूचना निकाल्नुपर्ने अवस्था आएको राष्ट्र बैंकलाई लागेको छैन ।

राष्ट्र बैंकले समस्याग्रस्त हो भनेर नभनेसम्म त्यो संस्था बलियो हो भनेर बुझ्न पर्छ । त्यो संस्थामा जनताको निक्षेप सुरक्षित छ भनेर बुझ्न पर्छ ।

कुनैपनि देशको वित्तीय प्रणालीे अत्यन्तै महत्वपूर्ण र संवेदनशील मानिन्छ । संसारका ठूला अर्थतन्त्र भएका देशहरुमा पनि समस्या आउँदा सबैभन्दा पहिले बैकिङ प्रणालीमा समस्या देखिन सुरु हुन्छ र त्यसपछि मात्रै अन्य क्षेत्रहरुमा समस्या देखिन थाल्छ । अर्थतन्त्रको अवस्था पनि बैकिङ प्रणालीले देखाउँछ । त्यसपछि मात्रै अर्थतन्त्रमा समस्या देखिन थाल्छ । कतिपय राष्ट्रमा बैकिङ प्रणाली धरासायी हुँदा अर्थतन्त्र नै खत्तम भएको उदाहरण पनि हामीले देखेका छौँ । यसबारे राष्ट्र बैंक चनाखो छ।

राष्ट्र बैंकले इजजात प्रदान गरेका संस्थाहरु आफंैमा सुरक्षित छन् त्यसमा कारोबार गर्दा सर्वसाधारणले ढुक्क भए हुन्छ । वित्तीय अवस्था जनाउ दिने सूचकहरु हामीसँग प्रसस्त छन् । हामीले त्यस्ता सूचकहरुमा विशेष निगारानी राखिरहेका हुन्छौँ । यदि कुनै संस्था समस्याग्रस्तको अवस्था आएमा राष्ट्र बैंकले आफैँ व्यवस्थापन टेकओभर गरेर सञ्चालन गर्न सक्छ । त्यो अधिकार राष्ट्र बैंकसँग छ । राष्ट्र बैंक केही नबोलेको अवस्थामा निक्षेपकर्ता डुब्ने भन्ने कुरा नै आउँदैन ।

बैंकको वित्तीय स्थिति जनाउ दिन तथा सञ्चालनको अवस्था बुझाउन राष्ट्र बैंकसँग छुट्टै गाइडलाइन र इन्डिकेटरहरु छन् । जस्तो पुँजीकोष अनुपात २ प्रतिशतभन्दा कम भयो वा ४ प्रतिशतभन्दा कम भयो भने कस्तो कारबाही गर्ने भन्ने व्यवस्था राष्ट्र बैंकको गाइडलाईनमै उल्लेख छ । बैंकलाई थाह हुन्छ गाइडलाईन तलमाथि गएमा स्वतः कस्तो कारबाहीको भागिदार बन्नु पर्छ भन्ने । तसर्थ राष्ट्रबैंक बोलिरहनुपर्दैन ।

बैंकहरु आफैं यस विषयमा चनाखो छन् । यद्यपि, हामीले राष्ट्र बैंक अन्तर्गतका संस्थाहरुमा सुक्ष्मरुपले निगरानी गरिरहेका हुन्छौँ। यदि निक्षेपकर्तालाई असर पर्ने परिस्थिति जनाउ दिने सूचक देखिन थाल्छ भने त्यस्तो अवस्थामा राष्ट्र बैंक आफैंले व्यवस्थापन टेकओभर गर्छ । त्यसैले निक्षेपकर्ता आत्तिहाल्नुपर्ने स्थिति देखिँदैन । सर्वसाधारणले अफवाहको पछाडी नलागेर ढुक्क भएर कारोबार गर्न सक्छन् । (महिला आर्थिक पत्रकार संघ (फेजा)ले आयोजना गरेको कार्यक्रममा पौडेलले व्यक्त गरेको बिचार)

715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका