जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा भूकम्प पीडितका लागि १ लाख डलर सहयोग गर्ने घोषणा

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा भूकम्प पीडितका लागि १ लाख डलर सहयोग गर्ने घोषणा

स्ट्याण्डर्ड चार्टर्ड बैंक अफ नेपालले जाजरकोट तथा रुकुमका भूकम्प पीडितलाई सहयोग गर्न रेडक्रसलाई १ लाख अमेरिकी डलर (करिब १३.३ लाख रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीले हालै पश्चिम नेपालमा गएको भूकम्पले ठूलो क्षति पुर्‍याएपछि आफ्नो आपत्कालीन साझेदार ब्रिटिस रेडक्रसलाई उक्त रकम सहयोग बताएको छ ।

उक्त रकम नेपाल रेडक्रस सोसाइटी मार्फत् भूकम्पमा परी घर गुमाएका परिवारलाई प्राथमिक उपचार र चिकित्सा सहायताका साथै खाद्यान्न, पानी, राहत सामग्रीलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनिर्भान घोष दास्तिदारले बताए ।

525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका