जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नयाँ स्टक एक्सचेन्ज ल्याउने बाटो खुल्दै

नयाँ स्टक एक्सचेन्ज ल्याउने बाटो खुल्दै

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने बाटो खुलाउने भएको छ । बोर्डले धितोपत्र व्यवसायी नियमावली २०६४ संशोधन गरेर नयाँ स्टक एक्सचेन्ज ल्याउने बाटो खुलाएको हो ।

बोर्डका अनुसार ३ अर्ब चुक्तापुँजी सहितको नयाँ स्टक एक्सचेन्ज ल्याउनका निम्ति नियमावली संशोधन गरेर अर्थमन्त्रालय पठाएको छ । बोर्डका प्रवक्ता रुपेश केसीका अनुसार यसअघिको नियमावलीमा ५ करोड रुपैयाँ चुक्ता पूँजी भए स्टक एक्सचेन्ज सञ्चालन गर्न सकिने व्यवस्था रहेको थियो ।

नयाँ स्टक एक्सचेन्जलाई भने ३ अर्ब रुपैयाँ चुक्ता पूँजी हुनपर्ने संशोधित नियमावलीले व्यवसथ गरेको उनले बताए । नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्नका निम्ति कम्पनीहरुले समेत शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

संशोधित नियमावलीमा कुनैपनि व्यक्ति वा समुहद्धारा सञ्चालित कम्पनी तथा संस्थाले बढिमा १५ प्रतिशत शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको प्रवक्ता केसीले आर्थिक न्युज टकमलाई बताए । यसभन्दा पहिला १० प्रतिशत मात्र शेयर खरिद गर्न पाउने व्यवस्था रहेको थियो ।

1345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका