समाचार
महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म सम्पत्ति छानविन आयाेगकाे राडारमा”

वालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानविन आयोगले कार्यविधि (टीओआर) अन्तिम चरणमा पुर्याएको छ ।
सम्पत्ति छानविन गर्न भन्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा गठित समितिले छानविनको दायरामा संवैधानिक आयोगका पदाधिकारी, सरकारी कर्मचारी र नेपाली सेनादेखि विभिन्न क्षेत्रका माथिल्लो तहका व्यक्तिहरुको सम्पत्ति छानविन गर्ने भएको छ ।
आयोग स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा प्रमुख निशानामा रहेका छन भने अख्तियारका पूर्व प्रमुखहरु नविन घिमिरे, दीप बस्न्यात, लोकमानसिंह कार्की लगायतका पदाधिकारी छानविनको राडारमा रहेका छन्।
आयोगले नेपाली सेनाका पूर्व कर्नेल, सहसचिवमाथिका सरकारी कर्मचारी र उजुरी परेमा अन्य व्यक्तिको समेत सम्पत्ति छानविन गर्ने भएको छ । उसोतः आयोगले केहिदिनमै सर्वसाधारणबाट उजुरी समेत आह्वान गर्दैछ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































