जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • माछापुच्छ्रे बैंक अब कतारमा पनि

माछापुच्छ्रे बैंक अब कतारमा पनि

माछापुच्छ्रे बैंक लिमिटेडले कतारमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्धेश्यका साथ कतार स्थित अल्फरदान एक्सचेन्ज संग सहकार्य गरी माछापुच्छ्रे बैंकको एमबिएल रेमिट (MBL REMIT) मार्फत नेपाल सजिलै पैसा पठाउन सकिने भएको छ।

रेमिट्यान्स कारोबारको लागि अल्फरदान एक्सचेन्ज संग सहकार्य गरी कतारमा रहेका सम्पुर्ण नेपालीहरुले कतारको अल्फरदान एक्सचेन्जका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फत बिहीवार देखि नेपाल पैसा पठाउन सकिने माछापुच्छ्रे बैंकका मध्य पूर्व व्यवसाय प्रमुख सुजन सापकोटाले बताएका छन।

आज दोहामा रहेको माज्मा रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि सापकोटाले स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंकमा बिदेशमा कमाई गरेर स्वदेशमा ढुक्कसंग बचत गर्न सकिने बताए । बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ स्मार्ट सुविधाहरु रहेको र्बैंकले देश तथा बिदेशमा रहेका ग्राहकहरुलाई २४ सै घण्टा सेवा सुबिधा दिदै आएको छ ।

स्थापनाकालदेखि नै नयाँनयाँप्रविधिमाआधारित सेवा सुविधाग्राहकमाझल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको र्बैंकका हालसम्म देशका ७ वटै प्रदेशमा १६५ शाखा,१२एक्सटेन्सन काउन्टर,१३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

2975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका