जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कतारमा हुने फिफा फुटबल विश्वकप इतिहासकै महँगो प्रतियोगिता

कतारमा हुने फिफा फुटबल विश्वकप इतिहासकै महँगो प्रतियोगिता

कतार फिफा फुटबल विश्वकप इतिहासकै सबैभन्दा महँगो विश्वकप हुने हुने भएको छ। यसका लागि कतारमा कुल खर्च २२० अर्ब डलर पुग्ने आयोजकले जनाएका छन्।

आगामी नोभेम्बर २० मा कतारमा फुटबलको संसारकै ठूलो उत्सव विश्वकप सुरु हुँदै छ। जसमा आयोजक कतारले इक्वेडरसँग प्रतिस्पर्धा गर्दैछ। कतार विश्वकप आयोजनाको कुल लागत हालसम्मकै सर्वाधिक रहेको जनाइएको छ। प्रतियोगिता आयोजनाका लागि एक दशक अघिदेखि पूर्वाधारमा लगानी भएको छ।

यो अघिल्लो रसियामा भएको विश्वकप फुटबलको खर्चभन्दा करिब २० गुणा बढी हो। फिफा विश्वकप कतार २०२२ आयोजनाको कुल लागत रंगशाला निर्माण र अन्य पूर्वाधार परियोजनाहरूमा खर्च भएको रकमसहित २२० अर्ब डलर छ।

रुसमा ११.१६ डलर र ब्राजिलमा फिफा विश्वकप २०१४ मा १५ अर्ब डलर खर्च गरिएको थियो। यसैगरी हालसम्म सबैभन्दा कम ५० करोड डलर खर्च अमेरिकामा भएको फिफा विश्वकप १९९४ मा गरिएको थियो।

कतारले विश्वको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता आयोजनाबाट २० अर्ब डलरको आर्थिक वृद्धि हुने अपेक्षा गरेको छ।

2845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?