जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नयाँ बसपार्कमा सामान चोरी गर्नेविरुद्ध अनुसन्धान गर्न गृहको निर्देशन,

नयाँ बसपार्कमा सामान चोरी गर्नेविरुद्ध अनुसन्धान गर्न गृहको निर्देशन,

नयाँ बसपार्क क्षेत्रमा प्रर्दशनको नाममा पसलमा चोरी तथा लुटपाट गर्ने समूहलाई अनुसन्धानमा ल्याएर कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

गृहसचिवले प्रहरी महानिरीक्षकलाई फोन गरेर सोमबारको घटनालाई गम्भिरतापूर्वक लिएर अनुसन्धान गर्न निर्देशन दिएका हुन्।

सोमबार नयाँ बसपार्कको प्रवेश विन्दुमा रहेको ल्होत्से मलमा केही समुह प्रवेश गरेर पसल तोडफोड गर्नुको साथै पसलमा भएका सामान चोरी गरेका थिए। त्यसपछि प्रहरीले सिसिक्यामराको सहयोगमा केहीलाई पक्राउ गरेको थियो। यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

करौडौं रुपैयाँको मालसामान चोरी भएको दाबी परेपछि गृह प्रशासनलाई लुटपाटमा संलग्नलाई कारबाही गर्न थप दबाब परेको हो।

त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यायले महानगरीय प्रहरी वृत बालाजुका डिएसपीको जिम्मेवारी समेत खोसेको छ। डिएसपी विष्टलाई कार्यालयमा तानेर अर्का डिएसपीलाई जिम्मेवारी सुम्पिएको छ।

सोमबार आन्दोलनको क्रममा प्रदर्शनकारीले डिएसपी चढ्ने भ्यान आगलागी गरेका थिए। त्यस्तै आन्दोलनको क्रममा कमाण्ड चुकेको भन्दै डिएसपी जिम्मेवारी मुक्त गरिएको हो।

4645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका