जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बाराका माछा किसानलाई मेगा बैंकको सहुलियत कर्जा

बाराका माछा किसानलाई मेगा बैंकको सहुलियत कर्जा

मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछाकृषकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो । यस सम्बन्धी सम्झौता पत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरी आचार्यले सम्झौता गर्नुभयो ।

यो सम्झौताबाट बारा जिल्लाको कोल्हवी नगरपालिकामा रहेका माछापालक कृषकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडले माछापालक कृषकहरुलाई प्राविधिक सहयोग र अन्य सामाग्रीहरु आपूर्ति गर्नेछ भने मेगा बैंकले सहुलियतपूर्ण कर्जा र अन्य आवश्यक कर्जाहरु सहज रुपमा उपलब्ध गराउनेछ ।

हलोदेखि हाइड्रोसम्म नारा बोकेको मेगा बैंकले माछापालक कृषकहरुलाई सहुलियतपूर्ण कर्जाबाट प्रोत्साहन गरी माछामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताउनुभयो । मेगा बैंकले आगामी ५ बर्षका लागि तयार गरेको रणनीतिमा आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ ।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकिङ पहुँचमा नरहेका मध्यमवर्गीय र न्यून आय भएका नेपालीहरु सदैव मेगा बैंकको प्राथमिकतामा रहेको बताउनुभयो । बैंकले आम नागरिकहरुलाई स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको बताउँदै सिइओ खुञ्जेलीले माछापालक किसानहरुलाई वित्तीय सहायता गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो ।

यसैगरी, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरि आचार्यले मेगा बैंकसँग सहकार्य गर्न पाउँदा आफूहरु हर्षित भएको बताउनु भयो ।

यसै गरी आज मात्रै बैंकले बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित जीतपुरमा नयाँ शाखा विस्तार गरी सो शाखाबाट बैंकिङ कारोबारको शुभारम्भ समेत गरेको छ ।

2220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका