जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

शिखर इन्स्योरेन्सको बोनस शेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको २७.७८ प्रतिशतले हुन आउने ३८ लाख ४० हजार २०२ कित्ता शेयर सूचीकृत भएको हो ।

इन्स्योरेन्सको चैत ९ गते सम्पन्न १५ औं र १६ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट शेयरधनीलाई २७.७६९ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.४६२ प्रतिशत नगद गरी कुल २९.२३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले लाभांश तथा सधारण सभा प्रयोजनको लागि फागुन २६ गते बुकक्लोज गरेकोले फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले बोनस पाउनेछन् ।

पूँजीवृद्धिका लागि कम्पनीले बोनसपछि कम्पनीले शेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद जारी गर्ने निर्णय समेत गरेकोमा इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग समेत सम्पन्न भएको छ ।

बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड ६१ लाख ९२ हजार रुपैयाँ पुगेको छ । उक्त चुक्ता पूँजीबाट ३० प्रतिशतले हुन आउने ५२ करोड ६८ लाख रुपैयाँ बराबरको ५२ लाख ६८ हजार कित्ता हकप्रद बिक्रीपछि चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।

शिखरले संस्थापक शेयरलाई सर्वसाधारणमा रुपान्तरण गरेर संस्थापक-साधारणको शेयर अनुपात ५१ः४९ समेत बनाएको छ ।

6050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?