जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नबिल बैंकले तीन अर्बको ‘नबिल डिवेन्चर’ निष्कासन गर्दै, ब्याज ९ प्रतिशत पाइने

नबिल बैंकले तीन अर्बको ‘नबिल डिवेन्चर’ निष्कासन गर्दै, ब्याज ९ प्रतिशत पाइने

नबिल बैंकले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालेको जनाएको छ । बैंकले ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता सर्वसाधरणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

सर्वसाधरणलाई छुट्याइएको १२ लाख कित्ता मध्ये ६ करोड रुपैयाँको ६० हजार कित्ता सामुहिक कोषका लागि समेत समावेश गरिएको छ । सर्वसाधारणले न्युनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सकिने यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ । यो ऋणपत्र मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
बैंकले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?