जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राष्ट्र बैंक मार्फत गरिने गुनासो अब अनलाइनबाटै

राष्ट्र बैंक मार्फत गरिने गुनासो अब अनलाइनबाटै

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहकको हित संरक्षणकै लागि अनलाइन गुनासो दर्ता गर्ने प्रणाली विकास गरेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धीत गुनासाहरु अनलाइनबाटै दर्ता गर्ने ब्याबस्था मिलाएको हो । राष्ट्र र्बैकबाट इजाजतपत्ररअनुमति प्राप्त वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था र एजेन्टले ग्राहकसँग साक्षतकार गर्न यो वेब पोर्टल सुरु गरेको हो ।

पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्नेरगराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ http://gunaso.nrb.org.np पोर्टल सञ्चालनमा ल्याइएको छ ।

गुनासो दर्ता गर्न गुनासो दर्ता भएको जानकारी र दर्ता नं इमेल मार्फत प्राप्त हुनेछ । गुनासो दर्ता नंद्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सक्नेछ । राष्ट्र बैंकमा दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेलमार्फत जानकारी गराइने जनाएको छ । ।

4915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका