जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • प्रतिबन्ध लगाईएका सामाग्री आयात नगर्न राष्ट्र बैंकको निर्देशन

प्रतिबन्ध लगाईएका सामाग्री आयात नगर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले प्रतिबन्धित वस्तुहरुको एलसी नखोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले राष्ट्र बैंकको बैंकिङ्ग विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका “ख” वर्गका विकास बैंकहरु र अन्य निकायहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै केहि वस्तुको आयातमा लगाईएको प्रतिबन्धलाई निरन्तरता दिएकोले सोहि अनुसार गर्न गराउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

मोबाइल, गाडी, मोटरसाइकल र तयारी मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा आज शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मोबाइल, गाडी, मोटरसाइकल र तयारी मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म कायम राख्ने निर्णय गरेको हो ।

विदेशी मुद्राको सञ्चिती बढ्ने अपेक्षा अनुसार बैशाखदेखि आयात प्रतिबन्ध लगाइएको भएपनि विदेशी मुद्राको सञ्चितिमा अझै अपेक्षाकृत सुधार नदेखिएको भन्दै उद्योग मन्त्रालयले मंसिर मसान्तसम्म आयात प्रतिबन्ध कायम राख्न मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

बैशाखदेखि तयारी मदिरा, ३ सय डलर माथिका स्मार्टफोन, जीप, कार र भ्यान, १५० सिसी माथिका मोटरसाइकलको आयात प्रतिबन्ध छ । पछिल्लो पटक थपिएको आयात प्रतिबन्धको अवधि आज असोज २८ गते सकिएपछि पुनः मंसिर मसान्तसम्म प्रतिबन्ध लम्बिएको हो । व्यवसायीहरूले भने आयात प्रतिबन्ध फुकुवा गर्न माग गर्दै आएका थिए ।

5010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्