जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कुमारी बैंकको वार्षिक साधारण सभाले पारित गर्‍यो १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

कुमारी बैंकको वार्षिक साधारण सभाले पारित गर्‍यो १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

कुमारी बैंकको २२औं वार्षिक साधारण सभाले कर प्रयोजनसहित चुक्ता पूँजीको १२.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सोमबार सम्पन्न बैंकको साधारण सभामा पेस गरिएको आव २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आव २०७८/७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण प्रस्ताव पेस गरेको छ।

यस्तै, आव २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ। बैंकका २३३ सेवा केन्द्रहरु (१९९ शाखा र ३४ एक्सटेन्सन काउण्टर) तथा १९५ वटा एटीएमबाट सेवा दिइरहेको छ।

बैंकको आव २०७८/७९ मा चुक्ता पूँजी १४ अर्ब ७१ करोड रुपैयाँ भन्दा बढी छ। आव २०७९/८० को प्रथम त्रैमाससम्म निक्षेप १ खर्ब ७३ अर्ब र कर्जा, सापटी तथा अधिविकर्ष १ खर्ब ६१ अर्ब तथा नाफा १ अर्ब १४ लाख रुपैयाँ छ।

4215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका