जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवाकोे ८१औं शाखा मोरङ्गको विराटचोकमा

कामना सेवाकोे ८१औं शाखा मोरङ्गको विराटचोकमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा मोरङ्ग जिल्ला सुन्दर(हरैचा नगरपालिकाको वडा नं १२, विराटचोकमा यही चैत्र २१ गते आफ्नो ८१औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा उक्त शाखाको कारोबार शुभारम्भ गरेका थिए । प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखाको समुद्घाटन कार्यक्रममा बैंकको कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रर्वधनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा सोही कार्यक्रममा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा जानकारी दिए ।

बैंकले देशका विभिन्न भागहरुमा ८० वटा शाखा तथा ३५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ब्द्यABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

6300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

धेरै टिप्पणी गरिएका