बैंकिङ्ग
प्रभु बैंकका ग्राहकसँगै कर्मचारीका परिवारले चाबहिलको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट पाउने
0 टिप्पणी


प्रभु बैंकका ग्राहकहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट पाउने भएका छन्। बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र प्रभु बैंकका प्रमुख बजार अधिकृत मञ्जयराज पाण्डेले छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार बैंकका सबै ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा छुट पाउने बैंकले जनाएको छ।
Sent from my iPhone