जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • हिमालयन लाइफको कामु सीईओमा कपिल कुमार दाहाल नियुक्त

हिमालयन लाइफको कामु सीईओमा कपिल कुमार दाहाल नियुक्त

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कायम मुकायम (कामु) सीईओमा कपिल कुमार दाहाल नियुक्त भएका छन्।

यसअघिका कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले राजीनामा दिएसँगै उनको स्थानमा सोही कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दाहाललाई कामु सीईओमा नियुक्त गरिएको हो।

कम्पनीको असोज २७ गते बेलुकी ४ बजे बसेको सञ्चालक समितिको बैठकले अर्काे सीईओ नियुक्ति नभएसम्मका लागि कार्यबाहक सीईओको हैसियतमा कम्पनीको दैनिक प्रशासकीय तथा व्यवस्थापकीय कामकाज गर्ने गरी नियुक्त गरिएको कम्पनी सचिव ईश्वर कुमार सेडाईले जानकारी दिएका छन्।

यसअघिका सीईओ मनोज लाल कर्णले कर्मचारी र अभिकर्ताहरूको आन्दोलनका कारण आफ्नो पदबाट राजीनामा बुझाएका हुन्।

1785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका