हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले पनि लाभांश नबाँड्ने भएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीको पुस १९ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । हिमालयन लाइफ साविकको गुराँस, युनियन र प्राइम लाइफ एक आपसमा गाभिएर बनेको कम्पनी हो ।