जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • निफ्राबाट बाहिरिए सीईओ खतिवडा, तामाङलाई कामु सीईओको जिम्मेवारी

निफ्राबाट बाहिरिए सीईओ खतिवडा, तामाङलाई कामु सीईओको जिम्मेवारी

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का प्रमुख कार्यकारी अधिकृत (सीर्इओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन्। बैंकले उद्देश्यअनुसार काम गर्न नसकेको र सरकारले साथ नदिएको बताएर सीईओ खतिवडा एक वर्षे कार्यकालअगावै बैंकबाट बाहिरिएका हुन्।

पूर्वाधारका लागि स्थापना भएको बैंकले सोचेअनुसार काम भएन। यसमा सरकारको पनि सहयोग पाइनँ। हिजोदेखि ३ वर्ष पूरा भएकाले राजीनामा दिएको छु।’

खतिवडा खुला प्रतिस्पर्धाबाट २०७७ माघ १ मा  निफ्राको सीईओमा चारवर्षे कार्यकालका लागि नियुक्त भएका थिए। उनको राजीनामा पुस २९ को बैंक सञ्चालक समिति बैठकले माघ १ देखि लागू हुने गरी स्वीकृत गरेको छ।

सञ्चालक समिति बैठकले हाल बैंकमा  नायब महाप्रबन्धक रहेका सूर्यबहादुर तामाङलाई कामु सीईओको जिम्मेवारी दिएको छ।

2700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?