जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकको साधारणसभाबाट ७ प्रतिशत बोनस सेयर पारित

लक्ष्मी सनराइज बैंकको साधारणसभाबाट ७ प्रतिशत बोनस सेयर पारित

लक्ष्मी सनराइज बैंकको साधारणसभाले ७ प्रतिशत बोनस सेयर पारित गरेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

बैंकको २३औं साधारणसभाल सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरेको छ ।

साथै साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोजकुमार भट्टराई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको बैंकले जनाएको छ ।

नवनियुक्त सञ्चालक समितिकोे सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका