जोडिनुहोस
मङ्लबार, बैशाख २५, २०८१
मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • लक्ष्मी सन्राइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित

लक्ष्मी सन्राइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित

मनोजकुमार भट्टराईसहित चारजना लक्ष्मी सन्राइज बैंकको सञ्चालक निर्वाचित भएका छन् । पुस २६ गते सम्पन्न बैंकको २३औं वार्षिक साधारणसभाबाट भट्टराई सञ्चालक निर्वाचित भएका हुन् । उनी बैंकका संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक निर्वाचित भएका हुन् । भट्टराई बैंकिङ र बीमा साढे ३ दशक लामो अनुभव भएका व्यक्तित्व हुन् । उनले प्रमुख कार्यकारी

अधिकृतको रुपमा नेपाल लाइफ इन्स्योरेन्स र तत्कालीन प्राइमलाइफ इन्स्योरेन्सको सफल व्यवस्थापकीय नेतृत्व गरेका थिए ।
उक्त साधारण सभाले संस्थापक सेयरधनीकै तर्फबाट रमण नेपाललाई सञ्चालक चयन गरेको छ । सर्वसाधारण सेयरधनीका तर्फबाट स्वाती रुंगटा र दिनेश पौड्याल सञ्चालक निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिका सोही दिन सम्पन्न बैठकले रमण नेपाललाई कम्पनी सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ ।
उक्त साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरेको छ । आर्थिक वर्ष २०७९÷८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ ।

840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?