जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • चार सिओटी सहित ८३ एमडिआरटी नेशनल लाइफबाट सम्मानित

चार सिओटी सहित ८३ एमडिआरटी नेशनल लाइफबाट सम्मानित

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चार जना सिओटी सहित ८३ एमडिआरटीलाई सम्मानित गरेको छ। कम्पनीले भैरहवा स्थित होटल टाईगर प्यालेसमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्नु हुँदै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरुलाई खादा माला र सम्मान पत्रवाट सम्मानित गरिएको थियो ।

तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य हुनु भएका ४ जना सिओटी र ८३ जना एमडिआरटी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको प्रतिष्ठित संस्था MDRT को लागि योग्य हुनु अभिकर्ताहरुको वृत्ति विकासको लागि महत्वपूर्ण रहने विश्वास ब्यक्त गर्नु भयो । कम्पनीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन निरन्तर लगानी गर्ने जानकारी गराएका थिए । समारोहमा चर्चित कलाकार मनोज गजुरेलको मनोरन्जनात्मक एवं ब्यक्तित्व विकास सम्बन्धमा प्रस्तुती रहेको थियो ।

सम्मानित बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

2965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका