जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • ललितपुरका तत्कालीन मालपोत अधिकृत भट्टराईविरुद्ध ४ करोड ४० लाखको भ्रष्टाचार मुद्दा

ललितपुरका तत्कालीन मालपोत अधिकृत भट्टराईविरुद्ध ४ करोड ४० लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतका एक शाखा अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । ४ करोड ४० लाख रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा अहिले मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका शाखा अधिकृत मीनबहादुर भट्टराईविरुद्ध मुद्दा दायर गरेको हो ।

भट्टराईले भ्रष्टाचार गरी ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ अकुत सम्पत्ति कमाएको अख्तियारको ठहर छ ।

उनले सेवा प्रवेशको मिति २०५४ साउन २६ गतेदेखि २०७९ जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धान गर्दा उक्त रकम बराबबर अकुत सम्पत्ति कमाएको खुलेको अख्तियारले जनाएको छ

उक्त अवधिमा उनले ५ करोड ९४ लाख ६७ हजार १४८ रुपैयाँ वैध अम्दानीबाट कमाएको देखिएको तर उनको मौजाद र खर्च विवरणको हिसाब गर्दा १० करोड २३ लाख ९२ हजार २८८ रुपैयाँ देखिएकाले उनले भ्रष्टाचार गरेर कमाएको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो।

भट्टराईले कान्छी श्रीमती झुना कुमारी कठेत समेतको नाममा जग्गा खरिद, सेयर खरिद, तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो जफत समेत मागदाबी गरिएको छ ।

1515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका