जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बोटलर्स नेपाल तराईसहित ४ ओटा कम्पनीको शेयर मूल्य उच्च दरमा वृद्धि

बोटलर्स नेपाल तराईसहित ४ ओटा कम्पनीको शेयर मूल्य उच्च दरमा वृद्धि

साताको चौथो कारोबार दिन बुधवार एक घण्टाको कारोबार अवधिमा कारोबारमा आएका २०४ ओटा कम्पनीमध्ये चार ओटा कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको  छ ।

उक्त अवधिसम्ममा सबैभन्दा बढी बोटलर्स नेपाल तराईको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी बिशाल बजार कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत,रुरु जलविद्युत् परियोजनाको ९ दशमलव ९७ प्रतिशत र समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतका दरले वृद्धि भएको छ । ती चार ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो ।

बोटलर्स नेपाल तराईको शेयर मूल्य प्रतिकित्ता रू. ११ हजार ७१ पुगेको हो । त्यसैगरी बिशाल बजार कम्पनीको शेयर मूल्य रू.५ हजार ३८६, रू रू जलविद्युत् परियोजनाको रू.७२८ र समता लघुवित्तको शेयर मूल्य रू. १ हजार ६० पुगेको छ ।

बिशाल बजार कम्पनीको शेयर मूल्य मूल्य चार दिनसम्म नकरात्मक सर्किट लागेर पुन : बुधवार बढेको हो

2670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका