जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • महासंघका अध्यक्ष शेखर गोल्छाद्वारा पद वहाली

महासंघका अध्यक्ष शेखर गोल्छाद्वारा पद वहाली

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आज एक विशेष समारोहका बीच महासंघको अध्यक्षको पदबहाली गरेका छन् ।
त्यसअघि महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको नेतृत्वमा महासंघ सचिवालयका सम्पूर्ण कर्मचारीहरूले अध्यक्ष गोल्छालाई स्वागत गरिन् ।

पद वहाली पश्चात अध्यक्ष गोल्छाले सचिवालयका कर्मचारीहरूलाई संवोधन सहित निर्देशन दिए । महासंघ सचिवालय र महासंघ अन्तरगत रहेका परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको सो कार्यक्रममा अध्यक्ष गोल्छाले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेकाले सचिवालयबाट सोही अनुसारको अपेक्षा आफुले गरेको बताए ।

पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरू निश्चित कार्य अवधिका लागि निर्वाचित भएर आउ“छन तर कर्मचारीहरू भनेका स्थायी संरचना भएकाले सचिवालयलाई प्रोफेशनलरूपमा संचालन गरी सचिवालयले दिने सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने आफ्नो कार्ययोजना रहेको पनि उनले बताए ।

निर्देशनको क्रममा अध्यक्ष गोल्छाले कर्मचारीबाट पाएको न्यानो स्वागतका लागि आभार व्यक्त गरे ।

उनले आफ्नो सफलता कर्मचारीको समेत भएको हुँदा कर्मचारीबाट सहयोगको अपेक्षा प्राप्त गरेको बताए ।

राष्ट्रिय अर्थतन्त्रको सुदृढिकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउंदै जाने आफ्नो मुख्य लक्ष्य र उद्देश्य रहेकाले आफूले अगाडी बढाएका कार्ययोजनालाई प्रभावकारीरूपमा सम्पादन गर्न आग्रह गरे ।

अध्यक्ष गोल्छाले उचित वातावरण भयो भने साधारणबाट पनि असाधारण काम लिन सक्ने कुराप्रति आफु पूर्ण विश्वस्त रहेको बताउदै सचिवालयलाई पूर्णरुपमा सुदृढिकरण गर्ने प्राथमिकता रहेको बताए ।

3755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका