जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • अमेरिकाको डीभी परेपछि एसएलसी र प्लस टूको नक्कली प्रमाण पत्र बनाइ पेश गर्ने १० जना दूतावासबाटै पक्राउ 

अमेरिकाको डीभी परेपछि एसएलसी र प्लस टूको नक्कली प्रमाण पत्र बनाइ पेश गर्ने १० जना दूतावासबाटै पक्राउ 

प्रहरीले अमेरिकाको ईलेक्ट्रोनिक डाइभर्सिटी लट्री २०२३ को नतिजामा लट्री परेको तर आवश्यक शैक्षिक योग्यता नपुगेपछि त्यसका लागि एसएलसी र प्लस २ को नक्कली प्रमाण पत्र बनाउने १० जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुमध्ये विवके उपाध्यायसहित ३ जनालाई अमेरिकन दूतावासको समन्वयमा मंगलबार दूतावासबाटै पक्राउ गरेको प्रहरी प्रवक्ता÷सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

अन्य ७ जनालाई भने काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको रेग्मीले बताए ।

प्रहरीले धनुषा सबैला १२ घर भइ हाल चावहिल बस्ने ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुर मनहरु ९ घर भइ हाल चितवन बस्ने ३३ वर्षीया भगवती उप्रेती, लमजुङ बेशीशहर ५ घर भइ हाल ललितपुर बस्ने २४ वर्षीया रोना गुरुङ, ललितपुरका २५ वर्षीय संजय महर्जन, चितवन भरतपुर १२ घर भएका हाल नक्साल बस्ने २५ वर्षीय सुमन ढकाललाई पक्राउ गरेको छ ।

त्यस्तै, पक्राउ पर्नेमा अन्य सिरहा स्थायी ठेगाना भइ हाल सुर्यविनायक भक्तपुर बस्ने २९ वर्षीय सक्षम अर्याल, सर्लाही लालबन्दी ४ घर भइ हाल धुम्बाराही बस्ने ३५ वर्षीय सुरज अधिकारी, दोलखा चरिकोट ९ घर भएका हाल ललितपुर बस्ने २६ वर्षीय अशोक श्रेष्ठ, पर्सा वीरगञ्ज १० घर भइ हाल बानेश्वर बस्ने २८ वर्षीय पुरुषोत्तम मल्लिक र सर्लाही हरिवन ९ का २६ वर्षीय स्वर्णिम दाहाल रहेका छन् ।

उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौं पठाइएको छ

995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका