जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ३५% छूटको व्यवस्था

सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ३५% छूटको व्यवस्था

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छूटको व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा ३५ प्रतिशत ब्याज छुटको व्यवस्था गरेको हो ।

कम्पनीले पुस १५ गतेदेखि आगामी पुस २२ गतेभित्र नविकरण गराउने बीमितलाई ब्याजमा ३५ प्रतिशत छुट प्रदान गरिने जनाएको छ । यो व्यवस्थाको लाभ उठाई आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले सुचित गरेको छ ।

कम्पनीका अनुसार यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने छ ।

२०८१ पुस १५ गतेभित्र परिपक्व हुने परिपक्व हुने बीमालेखकहरुमा भने यो छुट प्रदान नगरिने कम्पनीले स्पष्ट पारेको छ ।

4045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।