जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सर्वोत्तम सिमेन्टको शेयर प्रकरणः वरिष्ठ उपाध्यक्ष ढकालको कुनै संलग्नता छैनः महासंघ

सर्वोत्तम सिमेन्टको शेयर प्रकरणः वरिष्ठ उपाध्यक्ष ढकालको कुनै संलग्नता छैनः महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग जोडिएका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको बचाउ गर्दै विज्ञप्ति प्रकाशित गरेको छ ।

‘नेपाल धितोपत्र बोर्डमा महासंघकोतर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्था अनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई मिति २०७७/०८/३० गते नेपाल धितोपत्र बोर्डको प्रतिनिधि तोकेको र उहांको बोर्ड बैठकमा मिति २०७७/१०/११ देखिमात्र उपस्थिति रहेको व्यहोरा जानकारी गराउँछौं ।’–महासंघद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

‘उनका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै (ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रूपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि मिति २०७७/०८/१४ मा) गरिएको शेयर कारोबारकोे विषयलाई जोडेर आएका भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भिर आँच पुर्याउने हुँदा  सत्यतथ्य बुझेरमात्र समाचार सम्प्रेषण हुन महासंघ आग्रह समेत गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

3780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?