होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
मङ्लबार, जेष्ठ १, २०८१
मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • कुमारी र माइकल ग्रिल्सबीच छुट सम्बन्धी सम्झौता

कुमारी र माइकल ग्रिल्सबीच छुट सम्बन्धी सम्झौता

कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रालिबीच कुमारी बैंकका ग्राहक महानुभावहरुले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आर्कषित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको हो ।

यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरु तथा मोबाइल बैंकिंग प्रयोगकर्ताहरुले माइकल ग्रिल्स प्रालि को मध्य बानेश्वर, पेप्सीकोला, गैरीधारा र इमाडोल आउटलेटमा विभिन्न सेवा सुविधा उपभोग गर्दा लाग्ने शुल्कमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

आगामी दिनहरुमा पनि कुमारी बैंकले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याइरहने छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

2035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?