जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० प्रतिशत ब्याजको ऋणपत्र जारी गर्दै

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० प्रतिशत ब्याजको ऋणपत्र जारी गर्दै

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले फागुन १ गतेदेखि ४ गतेसम्म जारी गर्ने छ। यो समयमा बिक्री नभए १५ गतेसम्म बिक्री खुला राख्ने छ।

बैंकले ‘१० प्रतिशत एनआइएमबी डिबेञ्चर २०९०’ नाम दिएर ऋणपत्र जारी गर्न लागेको हो। बैंकले वार्षिक १० प्रतिशतका दरले ब्याज दिने छ। निक्षेपको ब्याज दर घटिरहेका बेला बैंकले दोहोरो अंकमा भुक्तानी गर्ने छ।

बैंकले कुल ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र जारी गर्ने छ। यसमध्ये एक अर्ब ६१ करोड ६० लाख रुपैयाँको ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्ने छ।

बाँकी रहेको २ अर्ब ४३ करोड ४० लाख प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्ने छ। बैंकको एउटा ऋणपत्रको मूल्य १००० रुपैयाँ तोकिएको छ।

आवेदन दिनेले कम्तिमा २५ कित्तासम्म दिनु पर्छ। बढीमा १० लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

2350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका