जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • जेठसम्म १० हजारभन्दा बढी सवारी साधन भन्सारबाट आए, ५७४ वटा विद्युतीय (सूची सहित)

जेठसम्म १० हजारभन्दा बढी सवारी साधन भन्सारबाट आए, ५७४ वटा विद्युतीय (सूची सहित)

चालु आवको जेठ २३ गतेसम्म भन्सारबाट कुल १० हजार ३ सय ४९ सवारी साधन भित्रिएका छन् । साउनदेखि जेठसम्मको यो अवधिमा  भित्रिएका गाडीमध्य ५७४ विद्युतीयत गाडी हुन् । जेठसम्म ९ हजार सात सय ७५ वटा पेट्रोल डिजेल तथा हाईब्रिड गाडी नेपाल भित्रिएको भन्सार विभागले जानकारी दिएको छ ।

आगामी आवको बजेटले विद्युतीय सवारी साधनको कर बढाएको र बजेट प्रस्तुत हुने अघिल्लो दिन नै यस्ता सवारी साधनहरू धेरै भित्रिएको भन्ने खबरले सदनदेखि सडकसम्म चौतर्फी रुपमा टिका टिप्पणी भएपछि भन्सार विभागले चालु आवभरि आयात भएको सवारी साधनको लिष्टनै सार्वजनिक गरेको हो ।  बजेट आउने अघिल्लो दिन धेरै गाडीहरू भन्सारबाट छुटेको टिका टिप्पणीलाई मेटाउन दुई वर्षसम्म आयात भएका सवारी साधनको लिष्ट सार्वजनिक गरिएको विभागका महानिर्देशक सुमन दाहालले बताए ।

‘यो लिष्टबाट कुन महिनामा कति र कस्ता सवारी साधन आए भन्ने कुरा प्रष्टाउँछ,’ उनले भने । यस अघि कहिले पनि विभागले यस्तो लिष्ट बनाएर सार्वजनिक गरेको थिएन । अर्थमन्त्री डा.युवराज खतिवडालाई नै प्रत्यक्ष रुपमा विद्युतीय गाडीको भन्सार बढ्न लागेको सूचना व्यापारीसम्म पुर्याएको आरोप लगाइएको छ ।

चालु आवको चैतयता हालसम्म जम्मा ५९२ वटा सवारी साधन आयात भएको छ । सोमध्य चैतमा आठ वटा विद्युतीय सवारी साधन सहित १११ वटा सवारी साधन आयात भएको छ भने वैशाखमा ४५ वटा विद्युतीय सवारी साधनमात्रे आयात भएको छ । जेठमा ९३ वटा विद्युतीय  र ३४३  अन्य सवारी साधन आयात भएको छ ।

‘ २०७७ जेठ १ गतेदेखि १४ गतेसम्म जम्मा ९३ वटा विद्युतीय सवारी साधनको जाँच पास भएको छ,’ उनले भने ‘जसमध्य ७ गते ७५ वटा र जेठ १३ गते १६ वटा र १४ गते २ वटा विद्युतीय सवारी साधनको जाँच पास भएको हो ।’ गत वर्षको तुलनामा विद्युतीय सवारी साधन आयात दोब्बरको नजिक पुगेकोले जेठमा ९३ वटा सवारी साधन आयात हुनु सामान्य भएको महानिर्देशक दाहालले बताए ।

भन्सार दररेट जेठ १४ गते रातिमात्र यकिन हुने भएकोले यस अघि ने बजेटले टररेट बढ्ने भन्ने  संकते पाएर जाँचपास हुने सम्भावना नरहेको सार्वजनिक गरिएको सूचीमा उल्लेख गरिएको छ । राजस्वको पाटोबाट हेर्दा पनि बजेट प्रस्तुत हुने अघिल्लो दिन जेठ १४ गते अन्य दिनको तुलनामा बढी राजस्व संकलन हुने गरेको छ । अघिल्ला दुई आवमा क्रमशः २०७६ मा जेठ १४ गते २ अर्ब १५ करोड र २०७५ को सोही दिन २ अर्ब १२ करोड राजस्व संकलन भएकोमा यस आवमा भने जम्मा १ अर्ब ७२ करोड भन्सार विन्दुबाट राजस्व संकलन भएको छ ।
गत आवमा ३६१ वटा विद्यूतीय सवारी साधनसहित जम्मा १६ हजार ८७४ वटा सवारी साधन भित्रिएका छन् । यस आवमा भने चैत ११ गतेदेखि लकडाउन भएको र त्यसयता बाटोमा रहेका सवारी साधन वाहेक अन्य अडर गरेर गाडी आयात नभएकोले गत आवको तुलनामा यस वर्ष सवारी साधन आयात कम देखिएको हो । नेपालमात्र नभइ सम्पूर्ण विश्व नै कोभिड–१९ को त्रासमा परेपछि करिब चार महिना नै नयाँ एलसी खोलेर गाडी आयात हुन सकेको छैन ।

7025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका