जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनएमबि बैंकका ग्राहकलाइ लुम्बिनी सिटि अस्पताल एण्ड मेडिकल साइन्सका सबै सेवामा १०% छुट

एनएमबि बैंकका ग्राहकलाइ लुम्बिनी सिटि अस्पताल एण्ड मेडिकल साइन्सका सबै सेवामा १०% छुट

एनएमबि बैंक लिमिटेड र बुटवलस्थित लुम्बिनी सिटि अस्पताल एण्ड मेडिकल साइन्स प्रालि बीच एक सम्झौता भएको छ। सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले अस्पतालबाट प्रदान गरिने सबै सेवामा १०% छुट पाउनेछन् ।

सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र लुम्बिनी सिटि अस्पताल एण्ड मेडिकल साइन्स प्रालिका अध्यक्ष लोकनाथ भुसालले हस्ताक्षर गर्नुभएको छ ।

एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश क्षेत्र(एक)का क्षेत्रीय प्रबन्धक युवराज पाठक, ट्राफिकचोक शाखा प्रबन्धक देविराम खनाल, बिडिएम विजय अर्यालको उपस्थितिमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र लुम्बिनी सिटि अस्पताल एण्ड मेडिकल साइन्स प्रालिका अध्यक्ष लोकनाथ भुसालले सो हस्ताक्षरित सम्झौता आदानप्रदान गर्नुभएको थियो ।

यो सम्झौता एकबर्षको लागि हुनेछ। दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ। सम्झौताले एनएमबि बैंक लिमिटेडका सम्पूर्ण स्टाफ एवं एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरु सो सुबिधा लिइ लाभान्वित हुनेछ्न । छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ ।

भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्ने हुन्छ।

2825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका