जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मित्रमिलन सहकारी ठगी आरोपमा समातिएका सहप्राध्यापक ७ लाख धरौटीमा रिहा

मित्रमिलन सहकारी ठगी आरोपमा समातिएका सहप्राध्यापक ७ लाख धरौटीमा रिहा

मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका सहप्राध्यापक धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले विष्णुप्रसाद भण्डारीलाई ७ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको हो ।

मित्रमिलन सहकारी प्रकरणमा सोमबार साँझ पक्राउ परेका पोखराको पृथ्वीनारायण क्याम्पस पोखराका सह-प्राध्यापक भण्डारी थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार रुद्रप्रसाद अर्यालले जानकारी दिए ।

उनलाई सहकारीका पदाधिकारीसँगको मिलेमतोमा बचतकर्ताको रकम दुरुपयोग गरेको आरोप थियो । भण्डारीले भने आफूलाई जानकारी नै नदिइ कीर्ते गरेर फसाइएको बताउँदै आएका थिए ।

मित्रमिलन सहकारी ठगी प्रकरणमा ३३ जनालाई पक्राउ पुर्जी जारी भएकोमा ८ जना पक्राउ परेका छन् । जसमध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन् भने भण्डारीसहित २ जना धरौटीमा रिहा भएका हुन् । यसअघि पक्राउ परेका लेखा समिति संयोजक सूर्य अधिकारीलाई पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

सहकारीका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार÷शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामा छन् ।

मित्रमिलन सहकारी प्रकरणमै पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदीसहित २५ जना अझै फरार छन् । पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम अपचलन गरेको आरोप छ ।

475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका