जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रभु इन्स्योरेन्सले ५ प्रतिशत लाभांश दिने

प्रभु इन्स्योरेन्सले ५ प्रतिशत लाभांश दिने

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।  

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य  मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । 

प्रस्तावित लाभांशमा हाल कायम चुक्तापूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशतले हुन आउने ६ करोड ५३ लाख ६५ हजार ८०७ रुपैयाँबराबरको बोनस सेयर र ०.२५ प्रतिशतले हुन आउने ३४ लाख ४० हजार ३०६ रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।

835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका