जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • चौधरी ग्रुपले लन्च गर्‍यो जिएसी ब्रान्डको आयोन वाइ

चौधरी ग्रुपले लन्च गर्‍यो जिएसी ब्रान्डको आयोन वाइ

चौधरी ग्रुपले चिनियाँ ब्रान्डको विद्युतीय गाडी लन्च गरेको छ। कम्पनीले मंगलबार जिएसी ब्रान्डको आयोन वाइ मोडलको एसयुभी नेपाली बजारमा सार्वजनिक गरेको हो।

४ मिटर लामो सो गाडीमा १४ इन्चको एचडी स्क्रिन रहेको छ जसमा ह्वीवेस भने २७५० एमएमको छ। गाडीमा अल्ट्रा लार्ज प्यानारोमिक सनरुफ, स्काइलाइन एलईडी टेल लाइट र एंगल वीङ्स एलईडी हेडलाइट रहेको छ।

गाडीको मोटर पावर १०० किलोवाट क्षमताको छ। यसको म्याक्स पावर २२५ एनएम टर्क छ। गाडीमा म्यागजिन ब्याट्री लिथिएम आइरन फोसफेट प्रविधि प्रयोग गरिएको छ। यसमा भएको ब्याट्री प्याक ६१.५४ किलोवाट आवरको रहेको छ। सो गाडीको फूल चार्ज रेन्ज ५०० किलोमिटर रहेको कम्पनीले जनाएको छ।

गाडीमा वान वे ६.६ किलोवाट चार्जर उपलब्ध छ। गाडीमा इलेक्ट्रिक पावर स्टेरिङ, फ्रन्ट र रियर दुवै डिस्क ब्रेक उपलब्ध छ।

नेपाली बजारमा आयोन वाइको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

गाडी ‘लन्च’ कार्यक्रममा चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले हाल १० वटा गाडीमा ७ वटा इभी बिक्ने गरेको बताए। उनले नेपालको विद्युतीय गाडीको नीतिका कारण व्यापार धेरै भएको उनको बुझाइ छ।

त्यसक्रममा उनले नेपालमा अन्य धेरै नयाँ ब्रान्ड ल्याउनु आफूहरु आतुर रहेकोसमेत बताएका थिए।

3465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका