जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ ।

कम्पनीले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यकासाथ ल्याएको उक्त क्यासब्याकअफरमा पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकत २५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् ।

उक्त अभियानअन्तर्गत आगामी कात्तिक ३ गतेसम्म क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक सक्रियता र संलग्नता वृद्धि गर्ने योजना रहेको कम्पनीले बताएको छ ।

कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै यस प्रकारका योजनाहरु ल्याइरहेको बताएको छ । ग्राहकहरुलाई लावान्भितगर्दै आएको छ । उक्त कम्पनी ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

कम्पनीले ३५० वटा शाखाकार्यालय, ३६८ वटा एटीएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६५ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिकप्रतिनिधिकार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्र रहेको बताएको छ ।

1310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका