जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • हिमालयन एभरेष्ट इन्स्योरेन्स डेपुटी सिइओ गौतमले दिए राजिनामा

हिमालयन एभरेष्ट इन्स्योरेन्स डेपुटी सिइओ गौतमले दिए राजिनामा

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत कमल गौतमले राजिनामा दिएका छन् । गौतमले गत बुधवार पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा शुक्रबार नै स्वीकृत भएको छ ।

साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिएपछि गौतम हिमालयन एभरेष्टको डेपुटी सिइओ बनेका थिए । यी दुवै कम्पनीले गत वर्ष २०७९ को साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो ।

यसअघि उनी एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका थिए । एभरेष्ट इन्स्योरेन्सको सिइओको रुपमा गौतमले दोस्रो कार्यकालको एक वर्ष बिताएका थिए । त्यसपछि हिमालयन एभरेष्टको डेपुटी सिइओ बनेका हुन् । मर्जपछि बनेको कम्पनीमा पनि उनले १८ महिना डेपुटी सिइओको रुपमा बिताएका हुन् । उनको कार्यकाल सकिन डेढ वर्ष बाँकी छदै पदबाट राजिनामा दिएका हुन् । फागुन २ गते बुधवार पदबाट राजिनमा दिई कम्पनीबाट गौतम बाहिरिएका हुन् ।

उनीसँगै तीन दशक लामो बैंकिङ अनुभव समेत छ । गौतमले नेपाल ग्रिन्डलैज बैंकबाट बैंकिङ्ग क्यारियर सुरु गरेका थिए । उनी हिमालयन बैंक, एनआईसी एसिया, एनबि र सनराइज बैंक हुँदै इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको सिइओ पनि बनेका थिए । उनले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैक एनसीसीमा गाभिए पश्चात नायव महाप्रवन्धकको जिम्मेवारी पनि सम्हालेका थिए ।

410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?