जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • लघुवित्तको निक्षेपसँगै कर्जा लगानी घट्यो, खराब कर्जाको दरमा १८५ प्रतिशतले वृद्धि

लघुवित्तको निक्षेपसँगै कर्जा लगानी घट्यो, खराब कर्जाको दरमा १८५ प्रतिशतले वृद्धि

नेपाल राष्ट्र बैंकले आइतबार लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन (अफ साइड रिपोर्ट) सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०/८१ को अध्ययन प्रतिवेदन सार्वजनिक गरेको बैंकले २०८० पुस मसान्तसम्म लघुवित्त वित्तीय संस्थाहरूको ऋणी र ऋण प्रवाह दुवैको आकार घट्न पुगेको हो ।

राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तसम्म कूल ५७ लघुवित्त वित्तीय संस्थाका ६० लाख १६ हजार सदस्यहरूमध्ये २९ लाख ८४ हजार ऋणी रहेका थिए । तर, चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा यस्तो ऋणीहरूको सङ्ख्या ८.३३ प्रतिशतले घटेर २७ लाख ३७ हजारमा झरेको हो ।

यस्तै समीक्षा अवधिमा यता कर्जा लगानी समेत ८.३१ प्रतिशतले नै घट्दै जम्मा ४६ अर्ब ६२ करोड ३१ लाख रुपैयाँ मात्र लगानी भएको केन्द्रीय बैंकको अफ साइड रिपोर्टले देखाएको छ । २०८० असार मसान्तसम्म ५७ लघुवित्त वित्तीय संस्थाहरूले २९ लाख ८४ हजार ऋणीलाई ५० अर्ब ८९ करोड ७ लाख रुपैयाँ कर्जा सापटी दिएका थिए ।

यस्तै समीक्षा अवधिमा यता निक्षेप संकलन (बचत) ६.१७ प्रतिशतले घट्दै १ अर्ब ७४ करोड ११ लाख रुपैयाँ मात्र संकलन हुन सकेको राष्ट्र बैंकले जनाएको छ । २०८० असार मसान्तसम्म लघुवित्त वित्तीय कम्पनीहरूले कूल १ अर्ब ८५ करोड ५६ लाख रुपैयाँ बराबर बचत संकलन गरेका थिए ।

खराब कर्जाको दरमा १८५ प्रतिशतको वृद्धि

समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा तथा सापटीमध्ये निष्क्रिय कर्जा १ अर्ब २२ करोड अर्थात २.२५ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ०.७१ प्रतिशत रहेको थियो भने २०७९ पुस मसान्तमा यस्तो अनुपात ०.८७ प्रतिशत मात्र रहेको थियो ।

समीक्षा अवधिमा निष्क्रिय कर्जा १८५.६५ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा ११.७१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा १२१.०२ प्रतिशतले बढेको थियो भने सक्रिय कर्जा २.६९ प्रतिशतले बढेको थियो । २०८० पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक संस्थाहरूले पुनरतालिकीकरण गरेको कर्जा रकम रु २६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका