जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बैंकहरुबाट एकैदिन रु. १६ अर्ब कर्जा प्रवाह

बैंकहरुबाट एकैदिन रु. १६ अर्ब कर्जा प्रवाह

बैंकहरुबाट एकैदिन १६ अर्ब रुपैयाँ कर्जा भएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार फागुन २० गते बैंकहरुबाट १६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो। फागुन २० सम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५० खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ। यो अघिल्लो दिनको तुलनामा १६ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो दिन फागुन १९ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ५० खर्ब ७२ अर्ब रुपैयाँ थियो। फागुन २० सम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी भने २ अर्ब रुपैयाँ बढेर ४५ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४४ खर्ब ९९ अर्ब रुपैयाँ थियो।

अन्तरबैंक ब्याजदर फेरि ३ प्रतिशतभन्दा तल झरेको छ। अन्तरबैंक ब्याजदर फागुन २० गते २.९१ प्रतिशतमा झरेको हो। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर ३.०३ प्रतिशत थियो। हाल बैंकिङ प्रणालीमा दैनिकजसो निक्षेप बढिरहेको छ। फागुन २० मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ६१ खर्ब ७१ अर्ब रुपैयाँ छ। अघिल्लो दिनको तुलनामा निक्षेप २ अर्ब रुपैयाँ बढेको छ। फागुन १९ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ६९ अर्ब रुपैयाँ थियो।

त्यसो त वाणिज्य बैंकहरुको निक्षेप पनि फागुन २० मा २ अर्ब रुपैयाँले बढेर ५४ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ५३ अर्ब रुपैयाँ थियो। फागुन २० मा बैंकहरुको औसत सीडी रेसियो ८०.०२ प्रतिशत रहेको छ। अघिल्लो दिन फागुन १९ गते औसत सीडी रेसियो ७९.८० प्रतिशतमा झरेको थियो।

3635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका