जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो बुद्धभूमि बचत खाता, ५ हजार रुपैयाँमा खोल्न सकिने

सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो बुद्धभूमि बचत खाता, ५ हजार रुपैयाँमा खोल्न सकिने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उच्च र आकर्षक ब्याजदर सहितको बुद्धभूमि बचत खाता संचालनमा ल्याएको छ। संचालनमा आएको यो खाता नेपाली नागरिकका लागि बचत गर्ने बानी बसाउने तथा आफ्नो मेहनतको कमाइको राम्रो प्रतिफल पाउने एक अवसरका रुपमा रहेको बैंक ले विश्वास लिएको छ।

५ हजार रुपैयाँ न्यूनतम ब्यालेन्समा खाता खोल्न सकिनेछ। खाता खोल्ने ग्राहकले बैंंकले प्रदान गर्ने अधिकतम (हाललाई ५ प्रतिशत) ब्याज पाउनुका साथै ब्याज दैनिक गणना गरि हरेक त्रैमासमा खातामा रकम जम्मा हुने व्यवस्था गरिएको छ।

खाता खोल्ने ग्राहकले निःशुल्क चेक, भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ र एसएमएस सेवा पाउनेछन्। साथै, बैंकका कुनै पनि शाखाको बैंकिङ सुविधा उपयोग गर्न पाउने जनाइएको छ।

यस्तै, खाता खोल्ने ग्राहकलाई निःशुल्क डीम्याट खाता खोल्ने र मेरो सेयरको दर्ता गर्ने सुविधा पनि उपलब्ध गराइनेछ। साथै, पहिलो वर्ष लकर सुविधामा ५० प्रतिशत छुटसमेत उपलब्ध हुनेछ।

2030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका