जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रिलायबल नेपाल लाइफ को साधारणसभा असार ४ गते

रिलायबल नेपाल लाइफ को साधारणसभा असार ४ गते

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असार ४ गते साधारणसभा बोलाएको छ। कम्पनीले उक्त सभा दिउँसो १ बजे कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा हुने जानकारी दिएको छ । हालको बिषम परिस्थतीलाई मध्यनजर गर्दै कम्पनीले भर्चुअल माध्यमबाट सभा संचालन गर्ने भएको छ।

सभाले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै सभाले आर्थिक बर्ष २०७५/ ७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

यसैगरी सभाले आव २०७६/ ७७ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव अघि बढाउने भएको छ। हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशन पश्चात् कम्पनीको पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।सभाबाट आइपीओ निष्काशन प्रस्ताव पश्चात् कम्पनीले बोर्डमा आवेदन दिने छ ।

6810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?