जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • पृथ्वी शाहको शंकास्पद कारोबार, १० वटा बैंकमा ५० वटा कारोबार

पृथ्वी शाहको शंकास्पद कारोबार, १० वटा बैंकमा ५० वटा कारोबार

नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा परेका पृथ्वीबहादुर शाहको शंकास्पद कारोबारको विस्तृत विवरण प्राप्त भएको छ । उनले ४४ करोड ६ लाख ५९ हजार आठ सय ३९ रुपैयाँ ल्याउन १० वटा बैंकमा ५० वटा कारोबार गरेका थिए । ठूलो रकम एकै पटक ल्याउँदा शंकामा परिन्छ भनेर रकम विकेन्द्रित गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरूको भनाइ छ ।

राष्ट्र बैंकले पटक–पटक गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पठाएको विवरणअनुसार शाह, भाइ विजयविक्रम शाह, साझेदार देवेन्द्र ढुंगाना तथा आफन्त र कर्मचारीका नाममा ११ बैंकमा खाता खोलिएको छ । यी खातामा विभिन्न नामबाट फरक–फरक मितिमा पैसा आएको छ । उनले ग्लोबल आईएमई बैंकमा २३, सिद्धार्थ बैंकमा आठ, सनराइज बैंकमा चार, प्रभु बैंकमा तीन, कुमारी बैंकमा तीन, एनसीसी बैंकमा तीन, नबिल बैंकमा दुई, एनएमबि, सेञ्चुरी र प्राइम बैंकमा एकरएक पटक पैसा ल्याएका छन् ।

शंकास्पद रकम नदेखिएका दुई खाता मात्र रोक्का नगर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुमति दिएको थियो । कुमारी बैंकको एक र एनसीसी बैंकको एक खाता खुला गर्न मिल्ने भनेर विभागले गरेको निर्णयको फोटोकपी गरेर अर्थमन्त्री जनार्दन शर्माले शाहका सबै खाता खुला गरिदिन राष्ट्र बैंकलाई अनधिकृत निर्देशन दिएका थिए ।

‘कारोबारमध्ये केही रकम निकालिसकिएको छ । बाँकी रकमको खाता राष्ट्र बैंकले रोक्का राखिदिएको छ,’ विभाग स्रोत भन्छ, ‘विभागले प्रारम्भिक जाँचबुझ जारी राखेको छ । शाह र उनको समूहका नाममा भएका कम्पनीको कारोबार हेर्दा यो रकम फुकुवा हुने सम्भावना छैन ।’ खाता रोकिएकामध्ये ६ वटा कम्पनीको विषयमा त उनले सर्वोच्च अदालतमा निवेदन नै दिएका छन् । जम्मा ६ कम्पनीका नाममा आएको रकम पनि १७ करोड छ । यो रकम पनि तत्काल खुलाउन उनले गरेको माग सर्वोच्चले अस्वीकार गरेको छ ।

4990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका