जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राष्ट्र बैंकले सुरु गर्‍यो नयाँ नोट छाप्ने प्रक्रिया, खुल्यो आवेदन

राष्ट्र बैंकले सुरु गर्‍यो नयाँ नोट छाप्ने प्रक्रिया, खुल्यो आवेदन

नेपाल राष्ट्र बैंकले नयाँ नोट छपाइको प्रक्रिया सुरु गरेको छ । जसअन्तर्गत नोटको डिजाइन, छपाइ र आपूर्ति समेत गर्न इच्छुक कम्पनीहरूलाई पूर्व छनौट प्रक्रियामा सहभागी हुन सूचना जारी गरेको हो ।

राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको सूचना अनुसार इच्छुक कम्पनीले अबको ४५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । जसका लागि १५ हजार रुपैयाँ आवेदन शुल्क निर्धारण गरिएको छ ।

विदेशी संस्थाहरूले आवेदन दिने हो भने अमेरिकी डलर १३०, युरो ११०, पउण्ड स्टर्लिङ १०० तिरेर आवेदन दिन सक्नेछन् । इच्छुक कम्पनीहरुले ५ सेप्टेम्बर २०२१ को मध्यानसम्ममा आवेदन दिइसक्नुपर्ने छ भने सोही दिन १ बजे त्यो आवेदन पत्रहरू खोलिने राष्ट्र बैंकले जनाएको छ ।

6485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका