

एनआईसी एशिया बैंकका डेपुटी सिइओ सुधिर पाण्डेले राजीनामा गरेका छन् ।
पाण्डेले बुधबार राजीनामा दिएका हुन् । आउँदो आइतबार मात्र उनको राजीनामा स्विकृत हुने बैंक स्रोतले बतायो ।
पछिल्लो समय एनआईसी एशिया बैंकका रणनीतिहरु असफल हुन थालेपछि बैंकको व्यवस्थापन माथि दबाब बढ्न थालेको थियो । बैंकले राष्ट्र बैंक र सञ्चालक समितिलाई झुक्याएर गलत वित्तीय प्रतिवदेन तयार गरेपछि ब्यवस्थापन र संचालक समितिबिच बिबाद बढेको छ ।
नेपाल राष्ट्र बैंकले पनि नियामकीय व्यवस्थाहरुमा चलखेल गरेको भन्दै एनआईसी एशिया बैंकलाई कारबाहि गर्ने तयारी गरेको छ ।
तर, विभिन्न उपल्ला शक्तिकन्द्रहरुबाट एनआईसी एशिया बैंकलाई कारबाहि नगर्न केन्द्रीय बैंकमाथि चर्को दबाब आइरहेको राष्ट्र बैंक स्रोतले जनायो ।