जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मर्जरलाई अन्तिम रुप दिन यूनियन लाइफले बोलायो विशेष साधारणसभा

मर्जरलाई अन्तिम रुप दिन यूनियन लाइफले बोलायो विशेष साधारणसभा

मर्जर प्रस्ताव पारित गर्न यूनियन लाइफ इन्स्यारेन्स कम्पनीले विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले बैशाख ६ गते चैरहवा रुपन्देहीमा बिहान साढे १० बजे साधारण सभा बोलाएको हो ।

यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने र मर्जरपश्चात् हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट जीवन बीमा व्यवसाय सुरु गर्ने प्रस्ताव पारित गर्नेछ ।

तीनै कम्पनीको सेयर अनुपात क्रमशः १ः१ः१ कायम गरी मर्जर कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने र मर्जर पश्चात् कम्पनीको केन्द्रिय कार्यालय काठमाण्डौं महानगरपालिका १ मा रहने गरी प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि चैत २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।

1020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका