

कामना सेवा विकास बैंकका ग्राहकले दि ऐ-ला लाउन्जमा छुट पाउने भएका छ ।
बैंकले कुमारीपाटी, ललितपुर स्थित दि ऐ-ला लाउन्जसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
ग्राहकहरुले बैंकको डेबिटरक्रेडिट कार्ड प्रयोग गरी बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।