जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • खल्तीले ल्यायो ५० रूपैयाँ टपअप गर्दा थाइल्याण्ड घुम्ने मौका

खल्तीले ल्यायो ५० रूपैयाँ टपअप गर्दा थाइल्याण्ड घुम्ने मौका

भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले टपअपमा आईफोन र डायमन्ड रिङ्गको अफर पश्चात बन होलिडेजको सहकार्यमा ग्राहकहरूका लागि टपअपमा थाइल्याण्ड भ्रमणको नयाँ अफर ल्याएको छ ।

यस अफर अन्तरत ‘खल्ती’ प्रयोगकर्ताले मंसिर १५ देखि पुष २९ सम्म ५० रूपैयाँको टपअप गरि थाइल्याण्ड भ्रमणको लकि ड्रमा सहभागी हुने मौका पाउनेछन् साथै हरेक टपअपमा २५ खल्ती पोइन्ट्स पनि प्राप्त गर्नेछन्।

उक्त अफरमा सहभागी हुन ग्राहकले खल्तीको फिचर्ड सर्भिसेस सेक्सनमा रहेको ‘टपअपमा मा थाइल्याण्ड ट्रीप’ आईकनबाट ५० रूपैयाँको रिचार्ज गर्नुपर्नेछ। रिचार्ज गरे पश्चात केवाईसी भेरिफाइड ग्राहकहरू थाइल्याण्ड ट्रिप जित्न योग्य हुनेछन् भने २५ रूपैयाँ खल्ती पोइन्ट्स पनि तुरुन्तै खल्ती खातामा प्राप्त गर्नेछन्।

केवाईसी भेरिफाइड ग्राहकले पनि तुरुन्तै आफ्नो केवाईसी भेरिफाइड गराई अफरमा सहभागिता जनाउन सक्नेछन्।यसरी सहभागिता जनाउने खल्ती प्रयोगकर्ता मध्ये नै एक भाग्यशाली जोडी विजेताको घोषणा हुने छ । टपअपमा थाइल्याण्ड ट्रिप’ अफर भने मंसिर १५ देखि पौष २९ सम्म सञ्चालन हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताएका छन् ।

उनी भन्छन्, ‘डिजिटल भुक्तानीप्रति उत्प्रेरित गर्न हामीले प्रदान गर्दै आएका अफर मध्ये एकदमै रुचाइएको अफर टपअप पनि हो। गएको मंसिरमा हामीले टपअपमा डायमन्ड रिङ्ग अफर पनि सञ्चालन गरेका थियौं र यस ४५ दिनसम्म सञ्चालित अफर अन्तर्गत ५५ हजार प्रयोगकर्ता अफरमा सहभागी थिए। यसरी नै टपअपमा थाइल्याण्ड ट्रिप अफरमार्फत् हामी थप प्रयोगकर्तालाई डिजिटल भुक्तानीप्रति आकर्षित गर्दै लाभान्वित गर्ने कुरामा विश्वस्त छौं।’

बन होलिडेजका प्रमुख कार्यकारी अधिकृतका अनुसार बन होलिडेज गुणस्तरीय सेवा र सुविधा प्रदान गर्ने कम्पनीको रूपमा परिचित छ। यसै अनुरुप हामी थप व्यक्तिहरुलाई हाम्रो सेवा सुबिधा प्रदान गर्ने उदेश्यका साथ खल्तीसँग ‘टपअपमा थाइल्याण्ड ट्रिप ‘ अफर अन्तर्गत सहकार्य गरेका छौं ।
बन होलिडेजले सन् २०१४ देखि हवाई टिकट, होटल बुकिङ जस्ता सुविधाहरू उपलब्ध गराउँदै आएको छ। यो ट्राभल एजेन्सीले हालसम्म प्रत्यक्ष साथै बीटुबी च्यानलहरू मार्फत ७० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा दिइसकेको छ ।

1690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?